काठमाडौं / सरकारले देशैभरका १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षा सहित भवन निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ । सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । प्राविधिक विषयलाई विस्तारै प्रदेशमा हस्तान्तरण गर्ने नीति सरकारले लिने तयारी गरेको छ ।
त्यस्तै सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ। अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।





















