पोखरा / हराइरहेको तारा एयरको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ। तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै सकिएको छैन।
उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट जहाज सम्पर्कविहीन भएको थियो। जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर जान सकिएको छैन।’
दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ। जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरादेखि जोमसोमकालागी उडेको थियो। सो जहाजमा चालकदलका ३ सदस्यसहित २२ जना सवार छन्।
जसमध्ये ६ जना बिदेशी नागरिक रहेका छन्।





















