चितवन / नेकपा (माओवादी केन्द्र )बाट चितवनमा ३६ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् ।
आयोगले वैशाख ३० गते एकसाथ सबै चितवनका सबै ७ वटै पालिकामा निर्वाचन गरेको थियो । जिल्ला भरी ५०४ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो ।
आयोगका अनुसार नेकपा (माओवादी केन्द्र)बाट जिल्लाका पालिका प्रमुखमा एक मात्रै जनप्रतिनिधि निर्वाचित भएका छन्। उपप्रमुखमा भने कुनै पनि पालिकामा माओवादी केन्द्रका जनप्रतिनिधि छैनन् ।
पालिका अन्तर्गत माडी नगरपालिकामा अन्य पालिकामा भन्दा धेरै १२ जना माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि छन् । त्यस्तै राप्तीमा सबैभन्दा कम १ जना रहेका छन् ।
त्यस्तै भरतपुरमा माओवादी केन्द्रबाट १० जना, कालिका र रत्ननगरमा पाँच/पाँच जना र इच्छाकामानामा ३ जना निर्वाचित भएका छन्।
यता, खैरहनीमा भने माओवादी शून्य रहेको छ।





















