चितवन / भरतपुर महानगरपालिका वडा न. ११ को भोजाड लगायतका क्षेत्रमा जलमग्न साथै विभिन्न जिल्लामा डुबानको साथै बाढीपहिरोबाट प्रभावित भएको छ । भरतपुर वडा न. ११ मा मानवीय क्षति नभए पनि स्थानियहरु आतङ्गकित भएका छन् ।
पुरानै समस्या जिउका तिऊ , बिज्ञ प्राविधिक कर्मचारी सम्बन्धित निकायले भाबि योजना नबनाई भित्री बाटाहरुका साना साना नहर हरू पुरीदिनु , बाटो बनाउनु भन्दा पहिले ढलको ब्यबस्था नगर्नु , अनिवार्य आफ्नो अगाडि निकास नखोजी बाटोहरू पास गरिनु , अग्रसर ब्याक्तित्व कै कमजोरी ले नै हामीले यस्तो समस्या भोग्नु परेको भरतपुर ११ भोजाडका स्थानियहरुले आरोप लगाएका छन् ।

यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको विभिन्न जिल्लामा गरी बाढी तथा पहिरोबाट ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट १९ भन्दा बढी जिल्ला प्रभावित भएको छ ।
बाढी पहिरोले म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मीमा बढी मानवीय क्षति भएको छ । झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुलामा समेत बाढीपहिरोले क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीपहिराले सबै भन्दा बढी म्याग्दीमा मानवीय क्षति पुर्याएको छ । म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको छ । मनसुन सक्रिय भएसँगै गएको जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा ९ जनाले ज्यान गुमाए । दुर्लुङमा जंगलमाथिबाट भेलपहिरो खसेको थियो ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा ४ जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा ७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । पोखरेलका अनुसार अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालीलाग्दो क्षति पु¥याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जन धनको क्षति भयो ।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार बाढीपहिरोमा परेर गुल्मीमा ५ को मृत्यु भएको छ । १ जना बेपत्ता छन् । यस्तै लमजुङ ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम र दार्चुलामा २÷२ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा १÷१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । , बझाङमा १, जाजरकोटमा १ गुल्मीमा १, जना अझै बेपत्ता रहेको सम्बन्धित जिल्लाका प्रजिअले जानकारी दिनुभएको छ ।






















