चितवन / रातभरको अविरल बर्षासंगै चितवनको नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सोमबार विहान ९ : ३० बजे नदीले जल सतह सतर्कता पार गरेको जनाएको हो ।
पानी वहाव बढ्दो रहेकाले चितवन र नवलपरासीको नारायणीको तटिय क्षेत्रमा बेलुका सम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरिएको छ ।





















