चितवन / नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनको प्रवक्तामा जिल्ला सदस्य अनमोल अधिकारी मनोनित भएका छन् । जिल्ला सभापति राजेश्वर खनालले अधिकारीलाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् ।
बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका अधिकारीले पार्टीको गत अधिबेशनमा अत्यधिक मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।उमेरले युवा अधिकारी नेपाल बिद्यार्थी संघका पूर्व जिल्ला उपाध्यक्ष हुन् ।






















