चितवन / चितवनमा जवरजस्ती करणी गरेको आरोपमा एक बालिकाले उजुरी दिएकी छन् । चार महिनाअघि भरतपुर १० बस्ने २९ बर्षिय शिव काफ्लेले जवरजस्ती करणी गरेको अरोपमा बालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी हुन् ।
माघ १९ गते भरतपुर महानगरपालिका १६ मा रहेको एक होटलमा लगेर धम्की दिई जवरजस्ती करणी गरेको १६ बर्षिया बालिकाले उजुरीमा उल्लेख गरेकी छन् । साथै सो उजुरीमा पटक पटक ब्ल्याकमेल गरि जवरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।
गैडाकोटको एक कलेजमा पढ्ने बालिका होस्टेलमा बस्दै आएकी छिन् । घटना संलग्न व्यक्तिलाई पक्राउ गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक सुवास भट्टले जानकारी दिनुभयो ।
मुद्धाको अनुसन्धान गरेर कानुनी प्रकृया अगाडी बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।





















