चितवन / भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उमेदवार रेनु दाहाल विजयी भएको घोषणापछि प्रतिस्पर्धी राप्रपा र एमालेका उमेदवार विजय सुवेदीले बधाई दिएका छन् ।
मतगणना स्थलमै पुगेर नेता सुवेदीले मेयरमा निर्वाचित दाहाल र उपमेयरमा निर्वाचित चित्रसेन अधिकारीलाई खादा र टीका लगाउँदै शुभकामना दिएका थिए । रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याएका थिए। रेनु २०७४ को चुनावमा पनि भरतपुरको मेयर निर्वाचित भएकी थिइन्।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४,७२८ मत ल्याएका छन्। उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२,८०३ मतसहित विजयी भए भने एमाले राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०,६१२ मत ल्याएकी छन्।





















