काठमाडौं / एमाले नेता तथा सांसद सुरेन्द्र पाण्डेले हप्तामा २ दिने बिदा उपयुक्त नभएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन्।
अर्थ समितिको मंगलवारको बैठकमा उनले मुख्य चाडमा बिदा दिने, निश्चित जाति विशेषले मागेको दिनुपर्ने, अन्य बिदा खारेज गर्नुपर्ने बताएका हुन्।
‘उत्पादन बढी दिनुपर्ने देशमा बिदा बढी भो, यो आइतवार दिने बिदा हटाइनुपर्छ,’ उनले भने। वार्षिक कति बिदा दिने भन्ने पनि पुनरवलोकन गर्नुपर्ने उनको भनाइ छ।
अर्का सांसद बिनोद चौधरीले पनि आइतवारको बिदा उपयुक्त नभएको बताए। ‘यो बिदाले कुनै उपलब्धि हुँदैन, नेपालको श्रम बजारमा असर गरेको छ,’ उनले भने, ‘बिदाले उत्पादन घट्छ, आइतवारको बिदा खारेज गर्नुपर्छ।’





















