काठमाडौं / काठमाडौं महानगरपलिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार शाहले ४३ हजार ८ सय ५० मत पाएका छन्।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छन्। उनी अझै बालेनभन्दा १७ हजार ९१० मतले पछाडि छन्।
त्यस्तै, नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले २५ हजार ५९ मत पाएका छन्। अहिलेसम्म काठमाडौं महानगरमा १ लाख २८ हजार ४ सय ८५ मत गणना भएको छ।





















