चितवन / भरतपुर महानगरपालिका वडा नं. २० को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका उमेद्वार मुक्ति प्रसाद घले (विश्वास ) विजयी भएका छन् ।
घलेले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार देब बहादुर तामाङलाई फराकिलो मतान्तरले हराएका हुन् । यस वार्डमा ५२४९ मतदाता रहे पनि ३७५१ मत खसेको थियो ।
भरतपुरको अहिले सम्म २० वार्डको मतगणना सकिएको छ । अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ , ६, ८ ,१० , १४,१५,१६ ,१७ र २० गरेर १२ वटा वार्ड जितेको छ । त्यसै नेकपा एमालेले ३,११, १२, १८ र १९ गरेर ५ वटा वार्ड जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ७ र ९ गरेर २ वटा वार्ड जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वार्ड १३ जित्दै खाता खोल्न सफल भएको छ ।





















