काठमाडौं/ काठमाडौंसहित पाँच वटा महानगरपालिकाको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाएका छन्।
महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गरेका छन्। उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन्। मत गणना कायमै छ ।





















