सल्यान / नेकपा माओवादी केन्द्रलाई भोट हालेको भन्दै एक युवा व्यवसायीमाथि सांघातिक आक्रमण भएको छ। सल्यान दार्मा २ सिलिङी निवासी तिलक वली माथि सांघातिक आक्रमण भएको हो।
माओवादी नेता निमबहादुर केसी अरुणले सामाजिक सञ्जाल फेसबुकमार्फत वलीमाथि आक्रमण भएको जनाएका हुन्।उनले भनेका छन्, ‘वलीलाई ज्यान लिने उद्धेश्यले गरिएको सांघातिक आक्रमणको जति नै निन्दा गरे पनि कमै हुन्छ। यसको घोर भत्र्सना गर्दछु। पीडितलाई न्याय होस् र अपराधीलाई हदैसम्मको कार्वाही होस्।’
केसीका अनुसार केही दिन अघि सुरक्षाकर्मीकै अगाडि बिनाकारण काँग्रेस निकट स्थायी शिक्षक र स्थानीय व्यापारीले नेपाल प्रेस सेन्टर सल्यानका अध्यक्ष प्रकाश शर्मामाथि सांघातिक आक्रमण गरेर मोबाइल जफत गरेको थियो। उनले माओवादी केन्द्रलाई भोट हालेकोमा ज्यान मार्ने धम्की दिइरहेको सूचना प्राप्त भएको बताए।





















