सधैंझैं, यसपालि पनि
दुरदराजबाट हतारिंदै आयौ
जोशका साथ आयौ
आफ्नो शक्ति देखायौ
माया लिएर आयौ
मायामा होश हरायौ
कतै बाढी बनेर आयौ
कतै पहिरो बनेर आयौ
लामो समय बिछोडिएको
प्रेमिलाई सम्झिएर आयौ
झम्टी झम्टी आयौ
आत्तिएर हो कि मात्तिएर आयौ
कतै उर्लिएकी कतै पोखिएकी
मायामा काया लिने
यो कस्तो रुप हो तिम्रो रु
माया अति भयो त्यसैले
खति (क्षति) भयो
प्रेमिकाको सम्यम्पूर्ण मायाले
सृष्टि सिँगारिन्छ तर
आवेशको मायाले सृष्टि बिगारिन्छ
दिन त मिल्दैन अर्ती
तिम्रो मायाले सिँगारिन्छ धर्ती
तिम्रो माया तिम्रो अपार शक्ति
खै कसरी वर्णन गरुँ
आफ्नै प्रेमिको पछि लागेर प्रेमिका आए जस्तो
बिना बोलावट, बिना हिच्किचाहट
नाच्दै, गाउँदै, बजाउँदै
प्रेमिको साथ जन्तीको प्रतिक्षा गरेझैँ आयौ
कुना काप्चा धाउँछौ
हरेकको मनमस्तिष्कमा छाउँछौ
केही आसा र विश्वास दिँदै
केही घृणा र तिरस्कार सहँदै
कतै गुल्जार गर्दै
कतै उचाल्दै, थेचार्दै र बढार्दै
कतै पोत्दै र पखाल्दै
अनेक रुपको तिम्रो शक्ति
नपाउँदा कस्तो, पाएपछि सस्तो
अहो वर्षा तिमी सृष्टिकर्ता
तिमी हर्ताकर्ता
मन परे मिल्ने, मन नपरे निल्ने
प्रकृतिसँग कोही अगाडि कोही पछाडि
जो कोही रहनु नै हर्दम तयारी
हर्दम तयारी ।
कविता
कविता
"वर्षा "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















