भीषण हावाहुरीका कारण चितवनमा १० जना घाइते, अन्य कहाँ के भयो ?
सान्दार अनलाईन
आइतबार, जेठ ०८, २०७९
प्रकाशित
Advertisement
चितवन / चितवनमा शुक्रवार आएको भीषण हावाहुरीका कारण १० जना घाइते भएका छन् । शुक्रवार साझ ७ बजे एक्कासी आएको हावाहुरीले रुख , पोल र सवारी साधन पल्टिंएर लाग्दा १० जना घाईते भएका हुन् ।
घाइते हुनेहरुमा
१) भरतपुर १३ घर भई हाल भरतपुर १२ बस्ने बर्ष १४ को आसिक सुनार हावाहुरीको कारण भाँचिएको रुखको हांगाले लाग्दा घाईते भएका हुन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
२) भरतपुर १८ बस्ने बर्ष ६५ को झगरा प्रसाद पनेरु हावाहुरीको कारण गुडी रहेको मोटरसाइकल लडी घाइते भएका छन् ।
३) भरतपुर ५ बस्ने बर्ष ३६ की सुनिता देवकोटा आफ्नै घरको टिनले लागी घाईते भई चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।उनको अवस्था सामान्य रहेको छ।
४) कालिका नगरपालिका ३ पदमपुर बस्ने बर्ष ४१ की सबिना श्रेष्ठ हावाहुरीले सानो गाडी पल्टिंएर लाग्दा घाईते भई चितवन मेडिकल कलेजमा मध्यम अबस्थामा उपचार भईरहेको छ।
५) भरतपुर ११ बसेनी बस्ने बर्ष ७३ को रण बहादुर थापा हावाहुरीले सानो गाडी पल्टाउँदा मध्यम घाईते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
६) भरतपुर ११ प्रहरी तालिम केन्द्र अगाडि ना ६ ख ३२३७ नम्बरको आईचर ट्रकमा रुख ढली लाग्दा ट्रक चालक घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको छ।
७) हेटौंडा – १० बस्ने बर्ष ३० को उपेन्द्रसिंह घलान र ट्रकको सह चालक बर्ष २५ को अनिल मोक्तान सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको छ। ट्रकमा क्षती भएको र बाटो अबरोध भएकोले खुलाउने प्रयास भईरहेको ।
८) भरतपुर ११ मौलाकालिका नर्सिङ होमको झ्यालको सिसाले टाउकोमा लागि बर्ष २४ को सुजन पौडेल सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भईरहेको ।
९) भरतपुर १० जेष्ठ नागरिक चोक स्थित चौतारामा रहेको ठुलो बरको रुख ढली भरतपुर ११ बस्ने बर्ष ३५ की निशा खान टाउकोमा चोट,लागि सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको छ।
१०) भरतपुर १० जेष्ठ नागरिक चोक स्थित चौतारामा रहेको ठुलो बरको रुख ढलीबर्ष ३७ की सिता रेग्मी ढाडमा चोट लागि सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको छ।
तीन जनाको मृत्यु
त्यस्तै शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यस संगै जिल्लाका बिभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षती भएको छ ।
बिद्युत अबरुद्ध
हावाहुरीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढल्दा शुक्रबार साँझबाट जिल्लाका धेरै ठाउँमा बिद्युत अबरुद्ध भएको छ । हावाहुरीको कारण भरतपुर ९, भरतपुर ६ पारसनगर, भरतपुर १५ मंगलपुर र महेन्द्र चोक, भरतपुर १० चौबिसकोठी , भरतपुर ११ बाईपासरोड, भरतपुर ५ डक्काको घोल,भरतपुर ८ पांडेघुम्ती, नहरचोक बनदेबी चोक, नारायणगढको पुलचोक लागाएतका ठाउका पोलहरु लडेका हुनाले बिद्युत अबरुद्द भएको छ । नारायणी नदीको पुलमा रहेका अधिकांश बिद्युत पोलहरु ढलेका छन् ।
रेडियोको टावर भाँचियो
चितवनको पहिलो रेडियो सिनर्जी रेडियोको एन्टेना टावर भाचिएको छ । रेडियोका प्रमुख रमाकान्त पौडेलले हावाहुरीले टावर भाँचिएर पुगेको क्षतिका कारण अहिले नियमित प्रसारण वन्द भएको बताएका छन् ।
सडक अबरुद्द
हिजो साँझ आएको हावाहुरिले सडकमा रुख ढल्दा भरतपुर ११ बाईपासरोड अबरुद्द भएको हो ।रुख बाईपास सडक खण्डमा ठाउँ ठाउँमा ढलेको छ । उक्त रुख पन्छाउने कार्य भईराखेको हुनाले भरतपुर ११ बसेनी देखि नहरचोक सम्म सडक अबरुद्द भएको हो । सडक अबरुद्द भएपछी बाईपास हुँदै आउने सवारी साधनलाई आपटारीबाटै पुलचोक र पारसबसपार्क हुँदै आउने सवारीलाई पारसबसपार्क हुँदैन पुलचोक पास गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रुख र बिजुलीका पोल ढलेपछि अबरुद्ध बनेका सडक पन्छाई सुचारु गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । रुख मुनि राखिएका धेरै सवारी साधनमा क्षती पुगेको छ ।
रंगशालाको पर्खाल ढल्यो
भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर रंगशालाको पर्खाल भत्किएको छ। शुक्रबार साँझको भीषण हावाहुरीका कारण रंगशालाको पर्खाल भत्किएको हो ।