चितवन / भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२ मा नेकपा एमाले विजय भएको छ ।
११ को वडाध्यक्षमा एमालेका कमल मल्ल र १२ मा लेखराज पन्त (हरि) निर्वाचित भएका हुन् । वडा नम्बर ११ मा मल्लले नेकपा माओवादी केन्द्रका युवराज पौडेललाई पराजित गरे ।
यस्तै भरतपुर १२ मा निवर्तमान वडाध्यक्ष समेत रहेका नेकपा एकीकृत समाजवादीका नरेन्द्र कु. कन्दङवालाई पराजित गर्दै पन्त विजयी भए । पन्तले दुई हजार २ सय ४० मत प्राप्त गरे भने कन्दङवा एक हजार ५ सय ६६ मतमा सीमित भए ।





















