काठमाडौं / नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद हरि अधिकारीले गोरखा जित्नुका आधारहरू जनाएका छन् । सांसद अधिकारीले आज सामाजिक सञ्जालमार्फत बुदागतरुपमा आठ आधारहरु प्रस्तुत गरेका हुन् ।
१. गत स्थानीय तहको निर्वाचनमा पराजित माओवादी नेता कार्यकर्ताहरु निरन्तर आफ्नो कार्यक्षेत्रमा लागिरहनु ।
२. विजयी प्रमुख उपप्रमुखलगायतले तुलनात्मक रुपमा राम्रो काम गर्नु ।
३. पार्टी भित्रको अन्तरविरोध निर्वाचनको योजनामा एकतामा बदलिनु । ।
४. माओवादीविरुद्ध अन्य सवै शक्तिहरु जो-जो जे-जे गर्न पनि तयार हुदा पनि आपसी आन्तरिक कचिङ्गलमा फस्नु ।
५. माओवादी छाडेर जानेहरू प्रति जनतामा वितृष्णा बढेर जानु ।
६. माओवादी पार्टी वैचारीक राजनीतिक स्पष्टता सहित सङ्गठित हुनु ।
७. गठबन्धनको नीति र पार्टीको निर्देशनलाई लागु गर्न जिल्ला पार्टीले अन्तिम सम्म इमान्दार प्रयास गर्नु।
८ गोरखाली जनताले भरपर्दो सेवक माओवादीलाई नै ठान्नु ।





















