काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी
सान्दार अनलाईन
सोमबार, जेठ ०२, २०७९
प्रकाशित
Advertisement
काठमाडौं / काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन्।
बस्नेतले ७२०० मत ल्याए भने एमालेका आचार्यले ५२ सय मत पाएका छन्। नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी बसन्ती तामाङ विजयी भएकी छन्। उनले ७६०० मत पाइन् । बस्नेत र तामाङ अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए।
नगरपालिकामा कांग्रेसले गठबन्धन गरेको थियो। कांग्रेसले ६ वटा वडामा जितेको छ भने एमालेले दुई र माओवादी केन्द्र वडा नम्बर ८ म विजयी भएको छ।