चितवन / माडी नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता दण्डपाणी पौडेल निर्वाचित भएका छन्।
आइतबार दिउँसो सकिएको मतगणनामा पौडेलले ६ सय ३२ मत पाउँदै वडाध्यक्ष जितेका हुन्। उनी यसअघि सोही वडाको वडा सदस्यमा निर्वाचित भएक थिए।
उनको निकटतम् प्रतिद्वन्दी राप्रपाका युवा नेता अर्बिन गुरुङले ५३५ मत पाएका छन् भने एमालेका उम्मेदवार नारायण अधिकारीले ४७१ मत ल्याएका छन्। माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा माओवादी केन्द्रका धनश्याम दवाडी निर्वाचित भएका छन्।





















