
काठमाडौं / काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ सय १० मतका साथ अग्रता कायमै गरिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बालेन साहले ३११० मत ल्याएका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १६४५ मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १६०२ मत ल्याएकी छन ।
यस्तै, नेकपा एमालेबाट उप–मेयर पदकी उम्मेदवार सुनीता डङ्गोलले ३ हजार ४ मत प्राप्त गरेकी छन् ।





















