चितवन / पूर्वी चितवनको खैरहनी नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षसहितको प्यानल नै विजयी भएको छ ।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका रोहिणी प्रसाद उप्रेती एक हजार १६८ मत ल्याउदै वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका चन्द्र कमल पाण्डे दोब्बर मतले पछि परे ।
पाण्डेले जम्मा ५८४ मत प्राप्त गरे । नेकापा माओवादी केन्द्रका हेमनाथ अर्यालले २६३, एकीकृत समाजवदीका दिर्घ विक्रम केसीले १२५ र राप्रपाका शालिक बहादुर केसीले १ ४१ मत प्राप्त गरे ।
यस्तै महिला सदस्यमा कमला खनाल (एक हजार एक सय ८४), दलित महिला सदस्यमा मिना सुनार (एक हजार २६), सदस्यहरुमा आशी दराई (एक हजार ६९) र युवराज बोगटी (एक हजार ७५) विजयी भए ।