मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन समेत कसिलो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ।
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, बिस्तारै लाभ हुनेछ।आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले अवसर दिलाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।तर, गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम पनि हातलागी हुनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको सहयाेग जुट्न सक्छ। अवसरका लागि केही लगानी गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि कर्जामार्फत धन जुट्नेछ। परिवारजनबाट टाढा भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। तापनि मिहिनेतले फाइदा दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द )
भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। अरूका लागि उपयोग भइने सम्भावना छ।सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूको भर पर्दा काम दोहोर्याउनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साँझदेखि जीवनशैली व्यस्त रहनेछ तर सोचेको उपलब्धि नहुन सक्छ। फाइदा उठाउन निकै मेहनत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ।





















