काठमाडौं / प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् ।
देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्छ । वडाध्यक्षमा विजयी भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ५४४ मत ल्याए ।
डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।





















