चितवन / निरन्तरको वर्षाले खगेरी खोलामा आएको बाढीले रत्ननगरका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । खोलामा आएकाे बाढीले चितवनको रत्ननगर नगरपालिका ७ र ८ का विभिन्न स्थानहरु डुबानमा परेका छन्।
रत्ननगर ८ काे सुकुम्बासी टाेल, मनाेहरा राष्ट्रिय प्राथमिक विद्यालय, संहाति छेउकुना रेष्टुरेन्ट, हाेटल रेड रूफ , हाेटल न्यु न्युराे , हाेटल ग्रिन लज, हाेटल जंगल प्यालेस, दाेभान रेष्टुरेन्ट डुबानमा परेका छन। हरेक वर्ष खगरी खोला आउने बाढीले यी स्थानहरु डुबानमा पर्ने गरेका छन्।

त्यस्तै रत्ननगर ७ मा रहेकाे बिग बाेस रेष्टुरेन्ट , बैम्बाे कटेज रेष्टुरेन्ट र साैराहा सभाहल पनि डुबानमा परेकाे छ ।
रमाइलाे डाडामा अवस्थित झुलुङगे पुलमा पनि क्षति पुगेकाे छ ।





















