शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्यु भएको हो। वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ। दुर्घटनामा परेका ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सहायक मतदान अधिकृत हृदयराम ढकाल शुक्रबार बिहानदेखि वीरेन्द्रनगर -३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका थिए।





















