मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका–१ मा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल करिब ७ सय मतान्तरले विजयी भएका हुन्।
कुल १७ सय ८६ मत खसेकोमा विजयी भएका खनालले १ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको प्यानलका प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र सावित्री घिमिरे विजयी भएका छन्।
खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ९० मत पाएका थिए। समाजवादी र माओवादीका गठबन्धनले ३ सय १० मत पाएका थिए।





















