
काठमाडौं / रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ ।सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् ।
मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए ।यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको अध्यक्ष मुखियाले बताए ।
यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।
त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।





















