सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो।
शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो।
शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले बुधबारबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भने आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्।
बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले बुधबारबाट बिदा हुने भएको हो। हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी विद्यालय छन्।
सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।





















