चितवन / चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ११ की ५ दलिय गठबन्धन अन्तर्गत गोलाकार भित्र हँसियाँ हतौडाको अध्यक्ष उमेदवार युवराज पौडेलले जनताले गरेको विश्वासनै आफनो जित्ने आधार भएको बताएका छन् ।
लामो समयदेखि सामाजिक कार्यमा तल्लिन पौडेलले आफनो उम्मेदवारी वडाबासीको आवाज सुनेर माइक बनी टाढा टाढासम्म पुर्याउन दिएको बताए । उनले भने वडाबासीसँगै रहेर सामाजिक कार्यमा छु, कत्तिपय वडाबासीहरु आफनो आवाज उठाउन सक्नुहुन्न दबिएर बस्नुभएको छ उहाँहरुको आवाज माइक बनेर टाढासम्म पुर्याउने मन छ ।
त्यस्तै पौडेलले महिलालाई उद्यम र युवालाई शिक्षा दिने रहरका साथ वडाध्यक्षको उमेदवार दिएको बताए । उनले भने मैले पहिले देखिनै समाजिक कार्यमा आफनो योगदान दिँदै आएको छु, अब वडाध्यक्ष भएर महिलालाई उद्यम र युवालाई शिक्षा दिने रहर छ ।
त्यस्तै पौडेलले वडालाई पादर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने म आर्थिक पाटोमा पारदर्शी छु, भ्रष्टाचार हुन दिन्न, वडालाई नि पारदर्शी बनाउछु । भ्रष्टाचारको गन्धसम्म छिर्न दिन्न । वडाबासीले हिसाब नमागेपनि आफै देखाउँछु ।
भरतपुर ११ मा शिक्षा, स्वास्थ्य, रोजगारी र सरसफाईलाई मुख्य एजेण्डा बनाई आफुलाई जनताको सेवा गर्ने मन भएकोले जनाताले आफुलाई विश्वास गरे, जनाताको सेवामा तल्लिन रहने पौडेल बताउँछन् । त्यस्तै, आफुले जितेपनि नजितेपनि आफनो सामाजको लागि आफनो घरको दैलो सदै खुल्ला रहेको भन्दै, पौडेलले बडाबासीको माया सदैव पाइरहने विश्वास पनि व्यक्त्त गरे ।
पौडेल भरतपुर ११ मा पाँच दलिय गठबन्धनको तर्फबाट हँसियाँ हतौडा चिन्ह्का वडाध्यक्षका उमेदवार हुन् ।
भरतपुर ११ का जनताले गरेको विश्वासनै मेरो जित्ने आधार हो युवराज पौडेल
भरतपुर ११ का जनताले गरेको विश्वासनै मेरो जित्ने आधार हो युवराज पौडेल
"सान्दार अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















