चितवन / बेला – बेलामा विवादमा आइरहने चितवनको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) का चार जना डाक्टरहरु पक्राउ परेका छन्। अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको स्रोतले वतायो । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि रहेको खुलेको छ ।
सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र अधिवक्ता पनि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट आएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ । ब्युरोले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी गरेको स्रोतको भनाइ छ।
पुरानो मेडिकल कलेजकै मिलेमतोमा एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरिएको खुलेको छ । उक्त प्रकरणमा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। स्रोतका अननुसार नक्कली डकुमेन्ट बनाएर मृगौला प्रत्यारोपण गर्ने ती डाक्टरहरुलाई छुटाउन भी नटराज र नगेन्द्र पम्पाटीले प्रहरीमा चलखेल शुरु गरेका छन्।





















