चितवन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउन आफुले नै प्रस्ताव गरेको बताएका छन् ।
सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे ।
‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,’ देउवाले भनेका छन्, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’
प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको उनले बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।





















