चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताएका छन् । चितवनमा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएकाका हुन् ।
नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताए । उनले शेरबहादुरभन्दा पहिला आफुले गठबन्धन बन्नुपर्छ भनेर भनेको बताए ।
जगन्नथाजीहरू इमोसन र भावावेशमा आउनु भएको जस्तो लाग्यो । साथीहरु सबैभन्दा पहिले सोच्नुहोस् अहिले नेपालमा जुन राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा छ त्यो माओवादी केन्द्र र प्रचण्ड होइन हाम्रो प्रतिस्पर्धा ओली र एमालेसँग हो,’ पौडेलले भने । पछि मिलेर नै सरकार बनाउने हो भने किन अहिले स्थानीय तहमा नमिल्ने भनेर हामी अहिले सँगै हिड्न खोजेको उनले बताए ।





















