चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई /१५/२० वर्ष लैजाने प्रतिवद्धता गरेका छन् ।
बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/ २० वर्ष गठबन्धनलाई कायम राख्ने प्रतिवद्धता गरेका हुन् ।
यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । ’
‘यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई /१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ प्रचण्डले भने ।





















