चितवन / चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर शेखर कोइरालालाई टेलिफोन गरि भरतपुरको कार्यक्रममा आफु उपस्थित हुने भएकोले कोईरालालाई पार्टीको काममा सकिृय रुपमा लाग्न आग्रह गरेका छन् ।
सभालाई सम्बोधन गर्न बुधबार नै चितवन पुगेका सभापतिसमेत रहेका देउवाले शेखर कोइरालालाई बिहीबार बिहान टेलिफोन गरेका हुन् ।
उता कोइरालाको सचिवालयले पनि देउवाले फोन गरेर पार्टीको काममा लाग्न भनेको पुष्टि गरेको छ । नेपाली काँग्रेसले चुनावी अभियानलाई केन्द्रीत गरेर देशका प्रमुख १० शहरमा कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत आज चितवनमा कार्यक्रम छ ।
जसमा देउवा सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





















