चितवन / देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको कारण ठूलो मानवीय क्षति भएको घटना छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा न. ११ जनोदय समन्वय टोल र कमलामन्दिर टोल विकास संस्था को विभिन्न ठाउँमा आज डुबान भएको छ ।
वडा न. ११ जनोदय समन्वय टोल मा रहेको बिरबाहादुर कुमाल घर अगाडि क्षेत्रमा र पोखरी टोल सिमाना मा हिजो राती देखी परेको पानी ले डुबान भएको जनोदय समन्वय टोल का अध्यक्ष गोविन्द आचार्य ले जानकारी दिनुभयो ।

त्यस्तै कमलादेवीमन्दिर टोल विकास संस्था र नौरङ्गे टोल विकास संस्था को सीमानाको रोडमा आज विहान डुवान भई घरभित्र समेत पानि पसेको ले सबै जना आतङ्गित भएको स्थानियले बताएका छन् ।

यस क्षेत्र मा वडा कार्यालय र भरतपुर महानगरपानिकाले बेलैमा ध्यान पुर्याउन जरुरी देखिन्छ । टोलबासिहरुले हाल आफ्नो आफ्नो घर अगाडि पानी को निकास खोली ओरालो तर्फ पानी बग्ने बाताबरण मिलाईदिनु हुन अपिल व्यक्त गरेका छन् ।























