चितवन / पाँच दलिय सत्तागठबन्धनले चितवनमा विशाल आमसभा गर्ने भएको छ । यहि बैशाख २२ भरतपुरमा गरिने आमसभाको लागि गठबन्धनमा आवद्ध दलहरुले तयारी थालेका छन् ।
आमसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।

बिहिबार हुने आमसभाका लागि प्रधानमन्त्री देउवा बुधबार साँझ नै चितवन आउने कार्यक्रम रहेको छ । भरतपुरमा सत्तागठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेद्वार छन् । गठबन्धनले चितवनका सबै पालिकाहरुमा मेयरदेखि वडा सदस्यसम्म तालमेल गरेको छ । आमसभाका लागि तयारी व्यापाक पारिएको कांग्रेस जिल्ला सभापति खनालले बताए ।





















