भरतपुर / भरतपुर महानगरपालिका वडा न ९ का अध्यक्ष पदका युवा उमेदवार यमलाल कंडेलले वडामा घरदैलो अभियान सुरु गरेका छन् । सत्ता गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्बारी दिएका कंडेलले आफ्नै वडाको वडा कार्यलय परिसरबाट चुनावी अभियान सुरु गरेका हुन् । कार्यक्रममा वडा बासी , तथा गठबन्धनका नेता तथा कार्यकर्ता सहभागी थिए ।
गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका यमलाल कडेलले घर दैलो अभियान निकै प्रभावकारी भएको बताएका छन । भरतपुरको वडा न ९ लाई माहानगरकै उत्कृष्ट वडा बनाउने हेतुले म लगायत मेरो सिगो टिम चुनावमा होमिएको छ अध्यक्ष पदका उम्मेदवार कडेलले भने । मलाइ अहिले आफ्नो वडामा मत माग्न हिड्न अरुलाइ भन्दा सजिलो भएको छ किनकि अघिल्लो कार्यकालमा वडामा मैले गरेका बिकास निर्माणका कामहरुको प्रतिफल लिएर हिडेको छु । अघिल्लो ५ बर्से कार्यकालमा मैले कसैको मन दुखाइन, छाती फराकिलो बनाएर सेवा गरे । मलाई अब फेरि वडा बासीहरुले वडा अध्यक्ष बनाउनु भयो भने मुस्कान सहितको सेवा दिएर वडा र वडा बासीहरुको सेवा गर्ने प्रतिबद्धता जाहेर गर्द्छु कडेलले भने ।
अघिल्लो मेरो कार्यकालमा थाती रहेका बिकास निर्माणका कामहरुलाई अब निरन्तरता दिने छु त्यसको लागि तपाइँ वडा बासीहरुको साथ र सहयोगको अपेक्षा राखेको छु घर दैलो अभियानमा टोल टोलमा पुगेका कडेलले भने । वडाका मुख्य मुख्य चोकहरुमा ट्राफिक बत्ती, डिजिटल नक्सा, सिसि क्यामेरा,फुटपाथ र साइकल लेन सहितको बाटो निर्माण गर्ने आफ्नो सपना रहेको कडेलले वडा बासिहरुसग साटासाट गरे । कुनै सानो काम लिएर वडामा आउदा या सिफारिस लिन आउदा १० मिनेट मै सुबिधा दिने गरि काम गर्ने वडा बासिहरु सग प्रतिबद्धता समेत गरे ।
फरक सोच र एजेन्डाका साथ चुनाबी मैदानमा होमिएका उनलाई वडा बासी तथा प्रत्यासी पार्टीका मतदाताहरुको समर्थन रहेको उनी निकटका व्यक्तिहरु बताउछन् । वडा बासिको आशा र भरोसा माथी गम्भीर भएर लाग्नुको साथै आफुमाथी कसैले पनि औंला उठाउनुपर्ने स्थिती सृजना हुन नदिने अध्यक्ष पदका उमेदवार कंडेल बताउछन् ।
सिफारिस १० मिनेट मै उपलब्ध हुने प्रतिबद्धता / वडा अध्यक्ष कडेल
सिफारिस १० मिनेट मै उपलब्ध हुने प्रतिबद्धता / वडा अध्यक्ष कडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















