चितवन / भरतपुरको मेयरका उम्मेदवार रेनु दाहालले प्रतिगामी तत्वहरुको नौटङकी सुरु भएको बबताएकी छिन् ।
सोमबार भरतपुर महानगरपालिका २४ मा आयोजना भएको गठबन्धको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै सत्तागठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार बनेकी दाहालले त्यस्तो बताएकी हुन् ।
उनले नेकपा एमाले तर्फका मेयरका प्रत्यासी विजय सुवेदीले बीपी कोईरालाको शालिकमा माल्यार्पण गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो बताईन् । ३० वर्षे राजनीतिक जीवनका एक पटक पनि विपीको शालिक नदेखेका सुवेदीले शालिकमा माल्यार्पण गरेर मतदातालाई भ्रममा पार्न नौटङकी गरेको दाहालको भनाइ छ ।
दाहालले वितेको पाँच वर्षमा महानगरले गरेका मुख्य–मुख्य उपलब्धी विषयमा जानकारी दिँदै आगामी कार्यकालमा अझै अविस्मरणीय हुने गरि काम गरेर देखाउने प्रतिवद्धता गरिन् ।





















