भरतपुर / आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस भरतपुर महानगर समितिले बिभिन्न समिति गठन गरेको छ ।
कांग्रेस भरतपुरको बैशाख १६ गतेको निर्णय अनुसार बिभिन्न समितिहरु गठन भएका हुन् । कांग्रेस भरतपुरले प्रनिशा गुरुङ संयोजकत्वमा निर्वाचन प्रचार प्रसार तथा अनुगमन समिति गठन गरेको छ । उक्त समितिको सह संयोजकमा लक्ष्मी प्रसाद सापकोटा रहेका छन् ।
कांग्रेस भरतपुरले भरत अधिकारीलाई निर्वाचन परिचालन तथा अनुगमन समितिको संयोजक तोकेको छ ।
यस्तै कांग्रेस भरतपुरका उपसभापतिको विजय घलेको संयोजकत्वमा युवा परिचालन तथा अनुगमन समितिको गठन भएको छ । उक्त समितिको सह संयोजकमा कांग्रेस भरतपुरका सचिव कृष्ण बगाले रहेका छन् ।
उता कल्पना पौडेल संयोजक तथा नम्रता कंडेल आचार्य सह संयोजक रहने गरी महिला परिचालन तथा अनुगमन समिति गठन भएको छ । बिष्णुप्रसाद कंडेलको संयोजकत्वमा आर्थिक समिति तथा तेजेन्द्रप्रसाद पौडेलको संयोजकत्वमा प्रतिवेदन समिति गठन गरिएको छ । गठित समितिहरुलाई आफ्नो उम्मेदवारलाई विजयी बनाउने अभियानमा लाग्न पनि कांग्रेस भरतपुरले निर्देशन दिएको छ ।





















