भरतपुर / आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस भरतपुर महानगर समितिले बिभिन्न समिति गठन गरेको छ ।
कांग्रेस भरतपुरले गठित समितिहरुको संयोजक समेत तोकेको छ । कांग्रेस भरतपुरले भरत अधिकारीलाई निर्वाचन परिचालन तथा अनुगमन समितिको संयोजक तोकेको छ ।
यस्तै कांग्रेस भरतपुरका उपसभापतिको विजय घलेको संयोजकत्वमा युवा परिचालन तथा अनुगमन समितिको गठन भएको छ । उक्त समितिको सह संयोजकमा कांग्रेस भरतपुरका सचिव कृष्ण बगाले रहेका छन् ।
यस्तै कांग्रेस भरतपुरकी सचिव प्रनिशा गुरुङ संयोजक तथा लक्ष्मी प्रसाद सापकोटा सह संयोजक रहने गरी निर्वाचन प्रचार प्रसार तथा अनुगमन समिति, कल्पना पौडेल संयोजक तथा नम्रता कंडेल आचार्य सह संयोजक रहने गरी महिला परिचालन तथा अनुगमन समिति गठन भएको छ ।
बिष्णुप्रसाद कंडेलको संयोजकत्वमा आर्थिक समिति तथा तेजेन्द्रप्रसाद पौडेलको संयोजकत्वमा प्रतिवेदन समिति गठन गरिएको छ । कांग्रेस भरतपुरको बैशाख १६ गतेको निर्णय अनुसार नै यि समितिहरु गठन कांग्रेस भरतपुरकी सचिव एवं निर्वाचन प्रचार प्रसार समिति संयोजक प्रनिशा गुरुङले जानकारी दिईन् ।
गठित समितिहरुलाई आफ्नो उम्मेदवारलाई विजयी बनाउने अभियानमा लाग्न पनि कांग्रेस भरतपुरले निर्देशन दिएको छ ।





















