चितवन / पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उमेद्धार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।
वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो ।
यसअघि महानगर प्रमुख रहदा पनि दाहालले सरसफाई कार्यक्रमलाई प्रथामिकता राख्दै आउनु भएको थियो ।सरसफाई कार्यक्रममा सहभागि अभियान्तहरुले स्मार्ट सिटीका लागि प्रमुखमा रेनु दाहाल नै निर्वाचित हुनु पर्ने बताएका थिए ।
मेयरमा दाहाल निर्वाचित भए मात्र भरतपुरको चौतर्फी विकास हुने अभियानताहरुको भनाई थियो ।





















