चितवन / पश्चिम चितवनमा गैंडाको आक्रमणबाट एक जनाको घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ गोलाघाट आज (आईतबार) बिहान गैंडाको आक्रमणबाट स्थानीय ३७ वर्षिय मन बहादुर कुमाल घाईते भएका हुन् ।
मिस्त्रि काम गर्न जाने क्रममा घरभन्दा चार सय मिटर टाढा मकै बारीमा गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते कुमालको अबस्था मध्यम रहेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।





















