काठमाडौं / नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट बागी उम्मेदवारी दिएकालाई सोमबार साँझ ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध गएर बागी उम्मेदवारी दिनेले आफ्नो उम्मेदवारी फिर्ता नगरेमा पार्टीको विधान र बागमती प्रदेश कमिटीको निर्वाचन निर्देशिका २०७९ अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।






















