काठमाडौँ / स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना निर्वाचन आयोगमा प्राप्त भएको भन्दै आयोगले यस्ता गतिविधि नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगले प्रस विज्ञप्ति जारी गर्दै भनेको छ – ”निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुर्याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।”





















