मनाङ / जिल्लाको नासों गाउँपालिका ५ मा थुतेन लामा निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका लामाले निर्विरोध निर्वाचित भएका हुन् ।
कसैको पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत निर्वाचित बनेका हुन् ।
यहाँको ङिस्याङ गाउँपालिका ९ मा पनि माओवादी नेता च्योल्पा गुरुङ निर्विरोध निर्वाचित बनेका छन् । योसँगै यहाँ २ वडाध्यक्ष निर्विरोध रूपमा निर्वाचित बनेका छन् ।





















