भरतपुर / भरतपुर महानगरले ५ वर्षे कार्यकालको समीक्षा पुस्तक सार्वजनिक गरेको छ । संघियता कार्यान्वयनमा आएपछिको जनप्रतिनिधिको पहिलो कार्याकालमा भएका जनप्रतिनिधिहरुको श्वेतपत्रका रुपमा समीक्षा पुस्तक सार्वजनिक गरेको हो ।
मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले आज समीक्षा पुस्तकको विमोचन गर्नुभएको हो ।



२०७७ सालसम्म १३ हजार १ सय ९४ जना बसाइँसरि आएको महानगरले जनाएको छ । दूध उत्पादन गर्ने किसानलाई ३ रुपैयाँ अनुदानका लागि यो वर्ष ५ करोड १० लाख बजेट विनियोजन गरेको छ । यो अनुदान कार्यक्रमबाट ७ सय किसान लाभान्वित हुने अनुमान छ । महानगरको राजश्व ३ गुणाले बढेको छ ।
गत वर्ष १ अर्ब ५ करोड राजश्व संकलन भएको उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर मेट्रो प्लाजा, औद्योगिक ग्राम निर्माण, स्मार्ट स्ट्रिट लाइट, महानगरीय सिटी हल, महानगरीय रिंगरोड र लिंकरोड, अटोल्याण्ड, नारायणी नदी सीबीच मोडेल, ल्याण्ड फिल्ड साइट लगायतका १६ वटा गौरवका योजानाहरु कार्यान्वयनका चरणमा पुगेको जनाइएको छ ।
मेयर दाहालले महानगरमा रुपान्तरणको जग बसेको बताउनुभयो । उहाँले जनआकांक्षा अनुरुपका काम केहि बाँकि रहेपनि ५ वर्षमा महानगरले विकासको लहर भित्र्याएको बताउनुभयो । उपमेयर पार्वती शाहले देशकै नमुना महानगर बनाउन आवश्यक पुर्वाधारहरु खडा भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सहसचिव समीक्षा पुस्तक जनताको नासो भएको बताउनुभयो ।





















