चितवन / आज बिहानै देखि चितवन वरपरको क्षेत्रमा पानि परिरहेको छ । लगातारको वर्षातका कारण नारायणी नदीमा जल सतहले सतर्कता तह नाघेको छ । शुक्रबार दिउँसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार नारायणी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो । नारायणीमा अझै जल सतह बढ्न सक्छ । बाढीले खतरा पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तल्लो तटीय क्षेत्रमा राति सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले नारायणी नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ ।






















