भरतपुर / देशैभरि स्थानिय निर्वाचनको नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।
नेकपा (माओवादी केन्द्र) भरतपुर महानगरपालिका वडा नं ५ बाट वडा अध्यक्ष पदमा लाेकराज सापकाेटा चुनाब लड्ने भएका छन् ।नेकपा (माओवादी केन्द्र) बाट भरतपुर महानगरपालिका वडा नं ५ बाट वडा अध्यक्ष पदमा लाेकराज सापकाेटा उम्मेद्बारीको सर्वसम्मतबाट चयन भएका हुन् ।
यस्तै वडा सदस्यहरुमा ,काशी राम खनाल र गङ्गादत्त लम्साल सर्वसम्मतबाट चयन भएका हुन् । महिला सदस्यमा केश कुमारी श्रेष्ठ र दलित महिलामा सम्झना परियारको नाम सर्वसम्मत सिफारिस गरेको छ ।





















