चितवन / चितवनमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको छ । आज भरतपुरको कृष्णपुर पार्टी कार्यलयमा पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३०० जनाभन्दा बढि पाटी प्रवेश गरेका हुन ।
मोहन वैध नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको भातृ सङगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दीपक पोख्रेल र केन्द्रीय सदस्य कृष्ण सुनारको नेतृत्वमा सो सङख्यामा चितवन जिल्ला कमिटि नै पार्टी प्रवेश गरेका हुन ।
यस्तै राईनोकुञ्ज परियार समाजका सम्पूर्ण सदस्य पनि नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका छन । यसैगरी राप्रपा भरतपुर १३ का सचिव सहितको सम्पूर्ण सदस्यहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनिहरुलाई पाटीको केन्द्रीय सदस्य , चितवन जिल्ला ईन्चार्ज भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले पार्टीमा स्वागत गर्नुभएको हो ।
सो अवसरमा दाहालले छिन्नभिन्न भएका कम्युनिस्ट एक हुनपर्ने वताउनुभएको छ । उहाले सम्पूर्ण नेता कार्यकर्ता र पाटीमा नवप्रवेशीहरुलाई एकढिक्का भएर निर्वाचन केन्द्रित हुन आग्रह गर्नुभएको छ । माओवादी आन्दोलनको मुलधार नै माओवादी केन्द्र भएको दाहलले वताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला समन्वय समितिका सचिव द्रोण बाबू सिवाकोटी, भरतपुर महानगर अध्यक्ष ईशवर सापकोटा सुमन , महानगर सहसचिव प्रकाश कडेल , अखिलका वाग्मती प्रदेश अध्यक्ष सुरज सिह ठकुरी पार्टीका महानगर सदस्य एवं वाईसीएल महानगरका ईन्चार्ज दिवाकर राज श्रेष्ठ लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम अखिलका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक अविनाश रम्तेलले सहजिकरण गर्नुभएको थियो ।





















