सावित्री घिमिरे
चितवन / बाताबरण तथा सरसफाइ समिति को आयोजना मा भरतपुर ११ को विशाल चोक देखि नहर चोक, आखा हस्पिटल लगायतको सडक वरिपरि भएको फोहर उठाएर सरसफाई गरि सरसफाइ अभियान सम्पन्न गर्यो ।

आज बैशाख ३ गते सनिवार सरसफाइ अभियान समितिका सम्पूर्ण समासेवीहरू मिलेर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण तथा सरसफाइ समितिका अध्यक्ष यमनाथ आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा भोजाड साकोसका अध्यक्ष युवराज पौडेल , जनोदय समन्वय टोल को पुर्ब अध्यक्ष समाजसेवी गोविन्द आचार्य , वातावरण प्रेमी समाजसेवी तिलक अधिकारी र समाजसेवी देवीका कुँवर , समाजसेवी विष्णुमाया पौडेल , समाजसेवी रेखा भट्टराई लगायतको उपस्थिति थियो ।
वातावरण तथा सरसफाइ समितिका अध्यक्ष यमनाथ आचार्यको संयोजकत्वमा आज देखि हरेक शनिवार बिहान ७ बजे देखि ८ बजे सम्म १ घन्टा सरसफाइ मा भन्ने नारामा सरसफाइ गरिने देवीका कुँवरले जानकारी दिनुभयो ।

भरतपुर ११ को बाताबरण मैत्री समिति सकृय रुपमा अभियान सन्चालन गर्न भरतपुर ११ को वडा कार्यालय र २८ वटा टोल बिकास सस्था को समन्वय र सहकार्य गरी आफ्नो अभियान लाई निरन्तर रुपमा अगाडि बढाउदै सबै वडा बासी लाई आफ्नो आफ्नो घर अगाडी आफै सरसफाइ गर्नु पर्छ भन्ने जन चेतना को बिकास गराउने तर्फ बाताबरण मैत्री समिति को महत्व भुमिका रहने जनोदय समन्वय टोल को पुर्ब अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

























